काजीराम कार्की - प्रधानाध्यापकKajiram Karki - Principal
श्री भवानी माध्यमिक विद्यालयको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु।
आजको सूचना तथा प्रविधिको युगमा विद्यालयको वेबसाइट अत्यन्तै आवश्यक माध्यम बनेको छ। हाम्रो विद्यालय ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित भए पनि आधुनिक प्रविधिसँग जोडिँदै विद्यार्थी, शिक्षक, अभिभावक, पूर्व विद्यार्थी, समुदाय तथा सरोकारवाला निकायबीच छिटो, सहज र पारदर्शी सूचना आदानप्रदान गर्ने उद्देश्यले यो वेबसाइट सञ्चालनमा ल्याइएको हो।
यस वेबसाइटमार्फत विद्यालयका सूचना, शैक्षिक गतिविधि, उपलब्धि, कार्यक्रम, विद्यार्थीका क्रियाकलाप तथा विद्यालयको वर्तमान अवस्थाबारे जानकारी प्राप्त गर्न सकिनेछ। साथै, यसले हाम्रो विद्यालयलाई विद्युतीय सञ्चारमार्फत स्थानीय स्तरदेखि विश्व परिवेशसम्म परिचित गराउन महत्वपूर्ण सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएको छु।
हाम्रो विद्यालय गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य, व्यवहारिक सीप र विद्यार्थीको सर्वाङ्गीण विकासमा प्रतिबद्ध छ। समर्पित शिक्षक, मेहनती विद्यार्थी, सचेत अभिभावक र सहयोगी समुदायको साथले विद्यालयलाई अझ प्रविधिमैत्री, बालमैत्री र सिकाइमैत्री बनाउँदै लैजाने हाम्रो लक्ष्य रहेको छ।
यस वेबसाइट निर्माण तथा सञ्चालनमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, संस्था, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। यस कार्यले विद्यालयको शैक्षिक विकासमा नयाँ आयाम थप्नेछ भन्ने विश्वास लिएको छु।
धन्यवाद।
Welcome to the official website of Shree Bhawani Secondary School.
In today’s era of information and technology, a school website has become an important medium for communication and connection. Although our school is located in a rural and geographically remote area, this website has been developed to connect students, teachers, parents, alumni, the community, and concerned stakeholders through modern technology. It aims to share school information quickly, easily, and transparently.
Through this website, visitors can get information about school notices, academic activities, achievements, programs, student activities, and the present status of the school. I believe this website will also help introduce our school from the local level to a wider global community through digital communication.
Our school is committed to quality education, discipline, moral values, practical skills, and the overall development of students. With the support of dedicated teachers, hardworking students, responsible parents, and a supportive community, we aim to make our school more technology-friendly, child-friendly, and learning-friendly.
On behalf of the school family, I would like to express my sincere gratitude to all individuals, organizations, teachers, staff, students, parents, and well-wishers who have supported the development and operation of this website. I believe this initiative will add a new dimension to the educational development of our school.
Thank you.
