विद्यालय शिक्षा, अनुशासन, र नैतिकताको संगमस्थल हो।School is a meeting place for education, discipline, and morality.
यस विद्यालय एवं मान्वु को ऐतिहासिक पुष्ठभूमि कोट्याउनु पर्दा यहाँको अधिकांशको मातृभाषा तामाङ भाषामा 'माङ' को अर्थ 'बोक्सी' र 'कु' को अर्थ 'नौ' भन्दा 'मान्कु' भयो साथै अपभ्रंश हुदै पछि मान्वु रहन गयो भने विद्यालयको नामाकरण एवं स्थापनाको सन्दर्भलाई कोट्याउनु पर्दा राणशासनको अन्त्य र प्रजातन्त्रको उदय पश्चात नेपालमा पैmलिएको शिक्षालय स्थापना लहरको क्रममा २०१७ साल देखि नै मान्वु निबासी (स्वर्गीय) नन्दलाल धमला र डम्वर बहादुर दाहाल ज्यूहरुले केटाकेटी बटुली कहिले पैयू चौतारा त कहिले घर एवं सेरचोक चौतारामा घुम्ती विद्यालयको रुपमा चलाउदै विधिवत रुपमा २०१८ सालमा त्यस समयका सचेत युवाहरु रण बहादुर घलेको नेतृत्वमा नारायण घले, दल बहादुर घले(ढल्के), रुपिलाल घले, नर बहादुर कार्की, कुल बहादुर कार्की, खड्क बहादुर कार्की, नन्दलाल धमला, डम्वर बहादुर दाहाल, जस बहादुर गुरुङ, लाल बहादुर गुरुङ, कुलानन्द रिजाल, चन्द्रलाल खनाल आदिको सक्रियतामा रण बहादुर घले ज्यूले प्रथम निशुल्क जग्गा हस्तान्तरण गरी यसै सेरचोकमा घले राजा (घामलिङ गढी दरवार) ले पुजा गर्ने श्री भवानी देवी (माई) को नामबाट श्री भवानी प्रा.वि. को रुपमा नामाकरण भई धादिङ शिक्षा कार्यालयबाट मिति २०३२–०९–०१ अनुमति प्राप्त ग¥यो र प्रा.वि. स्थायी स्वीकृत हुने मौका पायो । तत् पश्चात बढोत्तरीको क्रममा सचेत अभिभावक र प्रशाशकहरुको प्रयासले २०४०–०७–२८ मा नि.मा.वि. स्थायी स्वीकृत, २०५२–०८–१२ मा मा.वि. स्थायी स्वीकृत प्राप्त गर्दै २०६५–०३–१६ मा उ.मा.वि. (१०+२) अनुमति प्राप्त, साथै गोरखा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बाल बालिकाहरुलाई प्राविधिक ज्ञान तथा दक्षता हासिल गराउन तत्कालीन वि.व्य.स. अध्यक्ष श्री रमेश कुमार लामिछानेको नेतृत्वमा अध्ययन अनुगमन गरी पुर्व. जिल्ला विकास समिति उपसभापति श्री हरि बहादुर घले साथै पुर्व. जि.शि.अ. श्री हरि प्रसाद अर्यालको सल्लाह र सहयोग मा प्राविधिक धारको प्रक्रिया अगाडी बढाई वि.व्य.स. अध्यक्ष श्री सोम प्रसाद घलेको कार्यकालमा वि.सं. २०७४÷०२÷१४ मा प्राविधिक धार अन्तर्गत बाली विज्ञान विषय अनुमति प्राप्त भई हाल कक्षा १२ सम्म साधारण धार र प्राविधिक धारको पढाई हुने र हाल बालकक्षा (भ्ऋम्) देखि १२ कक्षा सम्म द्धछठ विद्यार्थीहरु अध्ययनरत छन् । २०३२ सालमा यस आरुघाट गा.पा. वडा नं. ०१ र ०२ लगायत अन्य धार्चे गा.पा. (काशीगाउँ, केरौजा, चुमनुब्री गा.पा.को चुम्चे छेकम र फिलिम ) धादिङ जिल्लाबाट गोरखा जिल्लामा सारेको कारणले गणेश हिमालको काखको चेली मनास्लु हिमाल तिर विवाहित जस्तो देखिन्छ । यो दूर्गम भेगको विद्यालय भएकोले २०६८ साल देखि हिमाली आवासीय छात्रावास पनि छ जहाँ हाल विभिन्न जिल्ला र दूर्गम गा.पा.हरुबाट (काशीगाँउ, केरौजा, उहिया, गुम्दा, थुमि, लापु, सिर्दिवास, छेकम्पार आदि) हरुवाट छनौट गरिएका १५० जना छात्रा–छात्र र ३ जना शिक्षकहरु रहेका छन्
हाल यस विद्यालयमा प्रा.वि. शिक्षक ७ जना , नि.मा.वि.४ जना (३ जना निजी स्रोत) मा.वि. शिक्षक ५ जना, उ.मा.वि. अनुदान कोटामा २ जना, प्राविधिक धारमा ८, भ्ऋम् शिक्षक १, लेखापाल १ र कार्य सहयोगी (परिचर) ३ ल्याब बोइ १, लाइवेरीएन १, र पाले १ जना गरी जम्मा शिक्षक कर्मचारी ३७ संख्या रहेको छन् । महाभूकम्प २०७२को पूर्ण क्षतीले गर्दा चुनौती भएतापनि आर्थिक र भौतिक क्षेत्रमा निकै सूधार गर्दै आएको छ साथै जिल्ला स्तरीय राष्ट्रपति रनिंङ शिल्ड र पालिका स्तरीय रनिंङ सिल्ड प्रतियोगितामा प्रथम भइ शिल्ड विद्यालयको नाममा राख्न सफल भएको छ ।
Founded in 1976 through the initiative of the local community, the school has grown from a few small classes into a full secondary institution offering education up to Grade 12. Grounded in discipline, skills and ethical values, it works tirelessly to shape thousands of students into self-reliant citizens.
The shared effort of community, parents and teachers has established this institution as one of the most trusted centres of learning in the region.
हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.
गुणस्तरीय शिक्षा, व्यवहारिक सीप, आधुनिक प्रविधि र कृषि–आधारित सिकाइमार्फत अनुशासित, सिर्जनशील, आत्मनिर्भर र समाजप्रति जिम्मेवार विद्यार्थी उत्पादन गर्नु हाम्रो दूरदृष्टि हो।Our vision is to produce disciplined, creative, self-reliant and socially responsible students through quality education, practical skills, modern technology and agriculture-based learning.
विद्यालयको मिसन बालविकासदेखि माध्यमिक तहसम्म समावेशी, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्नु हो। विद्यालयले विज्ञान, प्रविधि, कृषि शिक्षा, खेलकुद, अतिरिक्त क्रियाकलाप, छात्रावास सहयोग तथा समुदायसँग जोडिएको सिकाइमार्फत कक्षाकोठाको शिक्षालाई व्यवहारिक जीवनसँग जोड्छ।The mission of the school is to provide inclusive, practical and life-oriented education from early childhood level to secondary level. The school connects classroom learning with real-life practice through science, technology, agriculture, sports, extracurricular activities, hostel support and community-based learning.
प्रत्येक विद्यार्थीले अर्थपूर्ण, व्यवहारिक र जीवनोपयोगी शिक्षा पाउनुपर्छ भन्ने हाम्रो विश्वास छ। विद्यालयले सिकाइ उपलब्धि, नियमित शिक्षण र विद्यार्थी केन्द्रित सिकाइमा जोड दिन्छ।Every student deserves meaningful, practical and life-oriented education. The school focuses on improved learning achievement, regular teaching and student-centered learning.
समुदायको अग्रसरतामा प्राथमिक तहबाट सुरुवात।
Begun at the primary level on community initiative.

श्री भवानी माध्यमिक विद्यालयको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको सूचना तथा प्रविधिको युगमा विद्यालयको वेबसाइट अत्यन्तै आवश्यक माध्यम बनेको छ। हाम्रो विद्यालय ग्रामीण तथा भौगोलि…Welcome to the official website of Shree Bhawani Secondary School. In today’s era of information and technology, a school website has become an important medium for communication and connection. Altho…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
श्री भवानी माध्यमिक विद्यालयको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। विद्यालय व्यवस्थापन समितिको नवनियुक्त अध्यक्षका रूपमा विद्यालयको नेतृत्व र विकासमा योगदान पुर्याउने अवसर प्राप्त गर…A warm welcome to the official website of Shree Bhawani Secondary School. It is both an honour and a significant responsibility for me to serve as the newly appointed President of the School Managemen…
पूरा सन्देश पढ्नुहोस् →Read full message →