सूर्य बहादुर गुरुङ - अध्यक्षSurya Bahadur Gurung - Chairman
श्री भवानी माध्यमिक विद्यालयको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु।
विद्यालय व्यवस्थापन समितिको नवनियुक्त अध्यक्षका रूपमा विद्यालयको नेतृत्व र विकासमा योगदान पुर्याउने अवसर प्राप्त गर्नु मेरा लागि गौरवका साथै महत्वपूर्ण जिम्मेवारी पनि हो। युवा नेतृत्व, नवीन सोच, पारदर्शी कार्यशैली र सामूहिक प्रयासमार्फत विद्यालयमा सकारात्मक परिवर्तन ल्याउँदै शैक्षिक नतिजामा उल्लेखनीय सुधार गर्ने दृढ संकल्पका साथ म यस जिम्मेवारीमा आएको छु।
आजको सूचना तथा प्रविधिको युगमा विद्यालयको वेबसाइट सूचना प्रवाह, पारदर्शिता र आपसी सहकार्यको महत्वपूर्ण माध्यम हो। हाम्रो विद्यालय ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित भए तापनि यस वेबसाइटले विद्यालयलाई आधुनिक प्रविधिसँग जोड्दै विद्यार्थी, शिक्षक, अभिभावक, पूर्वविद्यार्थी, समुदाय तथा सरोकारवाला निकायबीच छिटो, सहज र प्रभावकारी सञ्चार स्थापित गर्ने विश्वास लिएको छु।
यस वेबसाइटमार्फत विद्यालयका सूचना, शैक्षिक गतिविधि, उपलब्धि, कार्यक्रम, विद्यार्थीका प्रतिभा तथा विद्यालयको समग्र अवस्थाबारे जानकारी प्राप्त गर्न सकिनेछ। साथै, यसले विद्यालयका असल अभ्यास र उपलब्धिलाई स्थानीय स्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म परिचित गराउन सहयोग पुर्याउनेछ।
हाम्रो प्रमुख प्राथमिकता गुणस्तरीय शिक्षा, उत्कृष्ट शैक्षिक नतिजा, अनुशासन, नैतिक मूल्य, व्यवहारिक तथा प्राविधिक सीप र विद्यार्थीको सर्वाङ्गीण विकास हो। शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी विद्यालय व्यवस्थापन, आवश्यक भौतिक पूर्वाधारको विकास तथा विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि योजनाबद्ध रूपमा काम गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।
विद्यालयको प्रगति कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव हुँदैन। शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी, स्थानीय सरकार, समुदाय तथा सम्पूर्ण शुभेच्छुकको सक्रिय सहभागिता र सहकार्य आवश्यक हुन्छ। सबैको अनुभव, सुझाव र सहयोगलाई सम्मान गर्दै विद्यालयलाई प्रविधिमैत्री, बालमैत्री, सुरक्षित, समावेशी र उत्कृष्ट सिकाइ केन्द्रका रूपमा विकास गर्न म सदैव क्रियाशील रहनेछु।
यस वेबसाइट निर्माण तथा सञ्चालनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति विद्यालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। विद्यालयको शैक्षिक उन्नति र उज्ज्वल भविष्यका लागि यहाँहरूको निरन्तर सहयोग, रचनात्मक सुझाव र सद्भावको अपेक्षा गर्दछु।
धन्यवाद।
A warm welcome to the official website of Shree Bhawani Secondary School.
It is both an honour and a significant responsibility for me to serve as the newly appointed President of the School Management Committee. I have accepted this responsibility with a firm commitment to bringing positive change to the school through youthful leadership, innovative ideas, transparent management and collective effort, with particular emphasis on improving academic performance and student outcomes.
In today’s age of information and technology, a school website is an important platform for communication, transparency and collaboration. Although our school is located in a rural and geographically remote area, this website will help connect it with modern technology and establish fast, convenient and effective communication among students, teachers, parents, alumni, the local community and other stakeholders.
Through this website, visitors will be able to access information about school notices, academic activities, achievements, programmes, students’ talents and the overall development of the school. I believe it will also help introduce our good practices and accomplishments to wider audiences at the local, national and international levels.
Our foremost priorities are quality education, improved academic results, discipline, moral values, practical and technical skills, and the overall development of every student. We are committed to working systematically to strengthen teaching and learning, integrate modern technology, ensure effective school management, improve essential infrastructure and provide opportunities for students to develop their talents.
The progress of a school cannot be achieved through the efforts of one person alone. It requires the active participation and cooperation of teachers, staff, students, parents, alumni, local government, the community and all well-wishers. By respecting everyone’s experience, suggestions and support, I will remain dedicated to developing our school as a technology-friendly, child-friendly, safe, inclusive and excellent centre of learning.
On behalf of the School Management Committee, I sincerely thank every individual and organisation that has contributed to the development and operation of this website. We look forward to your continued cooperation, constructive suggestions and goodwill as we work together for the academic advancement and brighter future of our school.
Thank you.
